Menu

आजको मौसम

प्रहरी संगठन प्रदेशको आफ्नै हुनुपर्छ–नेता निधि

Author
News Desk | October 17, 2024
0

जनकपुर, १ कात्तिक (रासस)
नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ ।
पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा आज रासससँग कुरा गर्दै भन्नुभयो, “सबैले प्रदेश प्रहरी समायोजन भन्दैछन् मैले भने सङ्गठन भन्छु । त्यो सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ ।”
सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।”
जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उहाँले उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?