Menu

आजको मौसम

मानव सेवा आश्रममा रहेका भारतीयहरुलाई पुनर्मिलनका लागी पठाइए

Author
News Desk | October 29, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ कार्तिक ।
मानव सेवा आश्रमका विभिन्न शाखामा लामो समय देखी आश्रीत रहेका भारतीय नागरिकहरुलाई पुनर्मिलनका लागी लगिएको छ ।
मानसिक सन्तुलन बिग्रिएर वेवारिसे अवस्थामा नेपालको विभिन्न स्थानबाट उद्दार गरिएकाहरुलाई मानव सेवा आश्रमले पुनर्मिलनका लागी भारत पठाएको हो ।
भारतका विभिन्न राज्य तथा सहर, गाउबाट मानसिक सन्तुलन विग्रिएका कारण नेपालमा आएर वेवारिसे अवस्थामा रहेकाहरुलाई मानवसेवा आश्रमका सेवकहरुले विभिन्न समयमा उद्दार गरी रेखदेखका साथै औषधी उपचार समेत गराएर पुनर्मिलन गराउन मंगलवार लगिएको हो ।
वीरगंज स्थित मानव सेवा आश्रममा मंगलवार एक कार्यक्रम विच पछिल्लो केही वर्ष देखि आश्रममा आश्रीत रहेका भारतीय नागरिकहरुलाई पुनर्मिलनका लागी विदाइ गरिएको छ ।
वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम, अभियन्ता प्रकाश थारु, कमल चौगांई लगायत भारतीय महावाणिज्य दुतावासका एएसओ मनोज मिश्र सहितको उपस्थितीमा मंगलवार उनीहरुलाई विदाई गरिएको हो । उनीहरुको मानसिक सन्तुलन केही हद सम्म निको भएको र आ–आफ्ना घर ठेगाना बताउने अवस्थामा आएकाले पुनर्मिलनका लागी भारत तर्फ लैजान लागेको आश्रमका केन्द्रीय सचिव सुमन वर्तौलाले बताउनु भयो । मानव सेवामा आश्रीत २३ जनालाई पुनर्मिलनका लागी भारत स्थित उनीहरुको घर पु¥याउन वर्तौलाको नेतृत्वमा आश्रमका केन्द्रीय सदस्य निता केसि, भोला चौलागाई, पदमपेनी मगर, समिक्षा बस्नेत र करण मानवसेवा सम्लित टोली भारत तर्फ प्रस्थान गरेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?