Menu

आजको मौसम

लुटपाट गर्ने चार भारतीय नागरिक पक्राउ

Author
News Desk | October 07, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ असोज ।
जेष्ठ नागरिकको रकम लुटपाट गर्ने भारतीय नागरिकहरुलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
असोज १ गते जेष्ठ नागरिकको रकम लुटपाट गरेका भारतीय नागरिकहरुलाई खोज तलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
असोज १ गते अं.१२ः१५ बजेको समयमा बारा जिल्ला सदरमुकाम कलैया उ.म.न.पा.वडा नं.१ स्थित प्रभु बैकबाट रु. ५० हजार निकालेर घर तर्फ जाने क्रममा कउमनपा वडा नं.१३ बलिरामपुर बस्ने जेष्ठ नागरिक (नाम गोपनियता कायम गरिएको)लाई भारतीय नम्बर प्लेट द्यच्द्दद्दद्यव् घज्ञटद्ध नम्बरको मोटरसाईकलमा आएका २ जना र अन्य २ जनाले चक्कु देखाएर रकम लुटपाट गरी फरार भएका थिए ।
जेष्ठ नागरिकलाई लुटपाट गरेको बारे जानकारी प्राप्त भए पश्चात प्रहरीले निज लुटेराहरूको खोजतलास गरीरहेकै अवस्थामा पुनः सोही स्थानमा नै ऊक्त ब्यत्तिहरु देखा परेको र अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले लुटेराहरु देश भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी बस्ने बर्ष ५९ को सुरेश प्रसाद बानीया, बर्ष ४५ को शर्मा मुखिया, बर्ष ३५ को शैलेश तिवारी र जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने बर्ष ३४ को रबि दासलाई निजहरू चढी आएको भारतीय नम्बर प्लेट द्यच्द्दद्दद्यव् घज्ञटद्ध को मो.सा. सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भईरहेको जिप्रका बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?