Menu

आजको मौसम

विपद्बाट २ सय ४२ को मृत्यु, २२ बेपत्ता

Author
News Desk | October 02, 2024
0

काठमाडौँ, १६ असोज (रासस)
पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरामा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपद्बाट कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढीपहिराबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?