Menu

आजको मौसम

स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको लागि खर्चको हद निर्धारण

Author
News Desk | October 25, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ कार्तिक ।
स्थानीय तह उपनिर्वाचन, २०८१ मा उम्मेदवारको लागि खर्चको हद निर्धारण गरिएको छ ।
मंसिर १६ गते आइतवारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारको लागि निर्वाचन आयोगले खर्चको हद निर्धारण गरेको हो ।
स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४ बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको जनाइएको छ ।
जस अनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा रु. सात लाख पचास हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा रु. पांच लाख पचास हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा रु. चार लाख पचास हजार, गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा रु. तिन लाख पचास हजार र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा रु. पचास हजार सम्म खर्च गर्न सक्नेछन ।
त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा रु. तिन लाख, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा रु. दुई लाख पचास हजार, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा रु. दुई लाख र गाउपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा रु. एक लाख पचास हजार सम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?