Menu

आजको मौसम

गिताञ्जलीको श्रीमान् लगायतले हत्या गरेको हो–माइती पक्ष

Author
News Desk | October 09, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ असोज ।
गिताञ्जली कुमारीको श्रीमान् लगायत परिवारजनबाट हत्या भएको माइती पक्षले आरोप लगाएका छन ।
वीरगंज महानगरपालिका वडा नं. १५ भिष्वा निवासी संजय सर्राफकी २३ वर्षीया श्रीमती गिताञ्जली देवीको मंगलवार शंकाष्पद मृत्यु भएको सम्बन्धमा माइती पक्षले यस्तो आरोप लगाएका हुन ।
भारत विहार राज्य रामनगर माइती भएकी गिताञ्जली मंगलबार बिहान ६ः५७ को समयमा आफ्नो मामाकी छोरी संग मोबाइलमा वाट्स्एपबाट भिडियो कलमा कुराकानी गर्दा गर्दैको अवस्थामा श्रीमान् संजय सर्राफले कुटपिट गरेको देखिएको माइती पक्षले बताएका छन ।
यता संजय सर्राफले भने सोमवार राती नै झुण्डीएर गिताञ्जलीले आत्महत्या गरेको भन्दै मंगलवार ११ बजे जानकारी गराए पनि हतार–हतार नारायणी अस्पतालमा पुर्‍याएर सव परिक्षण समेत गराइ सव बुझेर माइती पक्ष नआउदै मंगलवार सांझ नै दाहसंस्कार गर्ने चाजोबांजो मिलाए पनि माइती पक्षको आगमन पश्चात रोकीएको थियो ।
दाहसंस्कार रोकिएको गिताञ्जलीको सव पुनः नारायणी अस्पतालको सव गृहमा राखिएको छ ।
प्रारम्भिक रूपमा गिताञ्जलीले आत्महत्या गरेको भनिए पनि मृतकको अनुहारमा देखिएको चोटपटकलाई मध्यनजर गरी शंकास्पद मान्दै माइती पक्षले कडा आपत्ति जनाएका छन ।
मृतक गिताञ्जलीको सवको प्रकृती हेर्दा नै शंकाष्पद देखिए पनि प्रहरीले गहन अनुसन्धान नै नगरी दाहसंस्कार गर्न कसरी र किन अनुमती दियो भनी सोनार समाजका अगुवाहरुले प्रश्न उठाएका छन ।
गिताञ्जलीका माइती पक्षले उनको मृत्यु आत्महत्या नभइ, कुटपिट गरेर हत्या गरिएको दाबी गर्दै शवको अन्तिम संस्कार गर्न अस्वीकार गरेका थिए । यो आरोपपछि शवलाई पुनः नारायणी अस्पतालमा पठाइएको थियो ।
गिताञ्जलीको माइती पक्षले निजका श्रीमान् संजय सर्राफ सहित ससुरा रामजिवन साह सोनार र सासु लगायतले कुटपिट गरी हत्या गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय पर्सामा बुधवार किटानी जाहेरी दिए पनि प्रहरीले भने दर्ता गरेको छैन ।
गिताञ्जलीको हिन्दू परम्परा अनुसार करिब २२ महिना अघि विवाह भएको थियो । उनको ७ महिनाकी एक छोरी छिन ।
माइती पक्ष आएर आशंका जाहेर गरे पछि मृतक गिताञ्जलीका श्रीमान् लगायतका परिवारजन हाल फरार रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?