सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ असोज ।
राष्ट्रिय मुक्ति त्रान्तिद्वारा संचालित अनिश्चित कालिन धर्ना कार्यक्रम जारी रहेको छ ।
विझिन्न माग राखेर राष्ट्रिय मुक्तिm त्रान्तिका नेता नेजामुदिन समानीको नेतृत्वमा जारी धर्ना कार्यक्रम शुत्रवार छैठौं दिन पोखरिया अस्पतालमा १ बजे देखि ३ बजे धर्ना दिएका छन ।
प्रदेश सरकारका मुख्य मन्क्री वा संघीय सरकारका मन्त्री न आए सम्म तीन तहका सरकार विरूद्ध अनिश्चित कालिन धर्ना कार्यत्रम जारी रहने नेता समानीले बताउनु भयो ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक–पटक काठमाडौं तथा जनकपुर गई ध्यानाकर्षण गराउदा पनी मांग पुरा नभए पछि बाध्य भई तिनै तहका सरकार विरूद्ध संघर्षको कार्यक्रम तय गरिएको उहाले बताउनु भयो ।
प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउनको संघीय सरकारसंग माग गरिएको छ भने मधेश प्रदेश सरकारसंग पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउन माग गरेका छन ।
त्यस्तै पोखरिया नगरपालिकाले जनता माथी अनावश्यक कर लगाएको लगायत विझिन्न माग राखेर राष्ट्रिय मुक्ति त्रान्तिले अनिश्चित कालिन धर्ना कार्यक्रम गर्दै आएका छन ।
राष्ट्रिय मुक्ति क्रान्तिको अनिश्चित कालिन धर्ना जारी
News Desk
|
October 04, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?