Menu

आजको मौसम

मुख्यमन्त्री सिंहद्वारा पोखरिया अस्पतालको अनुगमन

Author
News Desk | October 27, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ कार्तिक ।
मधेश प्रदेशका मुख्य मन्त्री सतिश सिंहले पोखरिया अस्पतालको अनुगमन गर्नु भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा विभिन्न माग गर्दै गत असोज १३ गते देखि धर्ना दिंदै आएका थिए यसै विच आइतवार पोखरिया पुगेर मुख्यमन्क्री सिंहले अनुगमनका त्रममा अस्पतालको भौतिक पूर्वाधार, अवश्यक जनशक्ति, उपकरण लगायत बारे छलफल गरि यथाशीघ्र मांग अनुसार व्यवस्थापन गर्न प्रतिबद्घता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता निजामोदिन समानीका अनुसार पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक–पटक काठमाडौं तथा जनकपुर गई ध्यानाकर्षण गराउदा पनी कुनै सुनवाइ नभए पछि संघीय तथा मधेश प्रदेश सरकारको बिरुद्ध पोखरिया अस्पतालका भवन, आवश्यक जनशक्ति, उपकरण तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउनको लागि असोज १३ गते देखि धर्ना बस्दै आएका थिए ।
धर्ना बसेको ११ दिन पछि संघीय सरकारका मन्त्री राजकुमार गुप्ता र प्रदेश सरकारका मन्त्री प्रमोद जैसवालले एक महिनाभित्र संघीय सरकार कैबिनेटबाट पास गराउने प्रतिबद्धता गरे पछि धर्ना कार्यक्रम हालको लागी स्थगित भएको नेता समानीले बताउनु भयो ।
मधेश प्रदेश सरकारका मुख्य मन्त्री सिंहले पनि हाम्रो मांग पुरा गराउने प्रतिबद्धता गर्नु भएको बताउदै नेता समानीले मांग पुरा न भए छठ पछि संघर्ष जारी रहने बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?