सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० असोज ।
विगत ८ दिन देखी राष्ट्रिय मुक्ति त्रान्तिद्वारा फोखरियामा जारी अनिश्चितकालिन धर्ना कार्यक्रम अब २४ घण्टा संचालन गर्ने जनाइएको छ ।
राष्ट्रिय मुत्ति क्रान्तिका केन्द्रिय सदस्य नेजामुदिन समानीले असोज २३ गते सम्म निरन्तर जारी रहने जनाउदै हिन्दुहरूको महान पर्व विजयादशमीलाई मध्य नजर गरी असोज २४,२५ र २६ गते अनिश्चितकालिन धर्ना स्थगित गरिए पनि २७ गते देखि अनिश्चित काल रात दिन २४ घण्टे धर्ना “ कार्यक्रम गर्ने बताउनु भयो ।
प्रदेश सरकारका मुख्य मन्त्री वा संघीय सरकारका मन्त्री न आए सम्म अनिश्चित कालिन धर्ना जारी रहने नेता समानीले बताउनु भयो ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक–पटक काठमाडौं तथा जनकपुर गई ध्यानाकर्षण गराउदा पनी मांग पुरा नभए पछि बाध्य भएर असोज १३ गते देखि दुई घण्टा धर्नामा बस्दै आएको समानीले बताउनु भयो ।
संघीय सरकारसंग प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापनाको माग गरिएको छ भने मधेश प्रदेश सरकारसंग पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउन माग राखेर धर्नामा बसेको नेता समानीले बताउनु भयो ।
उहाले पोखरिया नगरपालिकाले जनता माथी अनावश्यक कर लगाई सेवा विस्तार न गरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको, काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब न दिएको, निर्माण कार्य गराउने तर भुक्तानी न दिने, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा रकम बिनयोजन न गरी माटो ग्रेभल मरम्मतको काम अग्रिम बजेट बाट गर्न लगाएको विरोधमा धर्नामा बसेको बताउनु भयो ।
फोखरियामा राष्ट्रिय मुक्ति त्रान्तिको धर्ना अब २४ घण्टा बस्ने
News Desk
|
October 06, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?