Menu

आजको मौसम

बैंकिङ कसुर मुद्दामा सुनचाँदी व्यवसायी सर्राफ पक्राउ

Author
News Desk | October 02, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ असोज ।
सुनचाँदी व्यवसायी संजय सर्राफ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन ।
विभिन्न प्रयोजनका लागी लिएको रकम फिर्ता गर्न रकम नभएको खाताको चेक दिएको भन्दै केही व्यवसायीहरुको उजुरीको आधारमा पर्सा प्रहरीले सर्राफलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बुझिन आएको हो ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित महाविर गल्लीमा रहेको बालाजी ज्वेलर्सका संचालक रामरतन सर्राफका छोरा संजय सर्राफले कारोवारको सिलसिलामा करोडौ रुपैया लिएर लामो समय सम्म फिर्ता नगरी व्यापारीहरुलाई झुक्याएर रकम नै नभएको बैंकको खाताको चेक दिएर उम्किन खोजेका थिए ।
समय मै खातामा रकम नभएको कारण चेक बाउन्स भए पछि उजुरी दिएर सर्राफलाई पक्राउ गर्न लगाइएको एक व्यवसायीले बताएका छन ।
विगत १२–१५ दिन देखी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका सर्राफ बारे बुझ्दा जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले बैंकिङ कसुर मुद्दामा सर्राफलाई पक्राउ गरिएको बताउनु भयो ।
उहाले के–कति रकम लिनु दिनु छ भन्ने बारे अहिले अनुसन्धान कै क्रममा रहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?