Menu

आजको मौसम

५३ लाख मुल्य बराबरको सामानहरु लोड ट्रक नियन्त्रण

Author
News Desk | October 22, 2024
0

सहारा संवाददाता–––––––––––––––
कलैया, ०६ कार्तिक ।
बारा प्रहरीले रु. ५३ लाख मुल्य बराबरको विभिन्न सामानहरु लोड ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितबाट रु. ५३ लाख मुल्य बराबरको सामान लोड ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट झापा जिल्ला तर्फ जादै गरेको ना ३ ख ४३६३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ५३ लाख ५२ हजार ६ सय ३५ बराबरको ट्रकमा लोड रहेको ओखर, मोबिल, चेयर, जाली, इलोक्ट्रोनिक्स सामान, पिटामरी लयागत अन्य खुद्रा सामानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?