सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ कार्तिक ।
पर्सा प्रहरीले एक करोड भन्दा बढिको खुद्रा तथा औषधीहरु लोड रहेको दुई ट्रकहरू नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकबाट खुद्रा तथा औषधीहरु लोड रहेको दुई ट्रकहरू नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंजबाट कैलाली र बांकेतर्फ लैजांदै गरेको अवस्थामा बिहिवार राती १० बजेको समयमा सु.प.प्र.०१–००१ ख २६९९ र सु.प.प्र.०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रकलाई रोकेर जांच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका खुद्रा तथा औषधी लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्त प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
प्रहरीले नियन्क्रणमा लिएको १ करोड ८६ लाख ९ हजार ६ सय ७८ बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको ट्रकहरू शुत्रवार अवस्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
एक करोड भन्दा बढिको खुद्रा तथा औषधी लोड ट्रकहरु नियन्त्रण
News Desk
|
October 25, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?