Menu

आजको मौसम

एक करोड भन्दा बढिको लत्ताकपडा तथा औषधीहरु लोड ट्रक नियन्त्रण

Author
News Desk | October 23, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ कार्तिक ।
पर्सा प्रहरीले १ करोड भन्दा बढिको लत्ताकपडा तथा औषधीहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकबाट लत्ताकपडा तथा औषधीहरु लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले मंगलवार राती सवा १० बजेको समयमा ना ३ ख ५१८७ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजांच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका लत्ताकपडा तथा औषधीहरु लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
वीरगंजबाट कास्की जिल्ला तर्फ जांदै गरेको अवस्थामा नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको अ.मू.रू.१ करोड १४ लाख ५१ हजार ८ सय ३३ मुल्य बराबरका लत्ताकपडा तथा औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?