Menu

आजको मौसम

मन्त्री यादवस“ग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

Author
News Desk | October 29, 2024
0

काठमाडौ“, १३ कात्तिक (रासस)
खानेपानीमन्त्री प्रदीप यादवस“ग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा उहा“हरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध विषयमा छलफल भएको छ ।
भेटमा वीगञ्ज, विराटनगर, धरान, जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध गर्ने विषयमा छलफल भएको खानेपानीमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री यादवले नेपालको तराई–मधेसमा देखिएको खानेपानीको समस्या एवं जलवायु परिर्वतनका कारण भूमिगत पानीको सतह घट्दो क्रममा रहेको विषय उजागर गर्नुभएको थियो ।
मन्त्री यादवले तराईका चापाकल सुकिरहेकाले त्यहा“का नागरिकले आर्सेनिकयुक्त प्रदूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको भेटमा सहभागी सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहा“का अनुसार मन्त्री यादव एवं कन्ट्री डाइरेक्टर कौकोइसबीच काठमाडौ“ उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्नका लागि सुन्दरीजलमा थप दैनिक २५ करोड ५० लाख लिटर क्षमताको नया“ पानी प्रसोधन केन्द्र निर्माण कार्य अगाडि बढाउने विषयमा विचारविमर्श भएको छ ।
एडिबीले नेपालका महत्त्वपूर्ण विकासका आयोजनामा गरेको सहयोगप्रति धन्यवाद दि“दै मन्त्री यादवले आगामी दिनमा समेत सहकार्य हुने आशा व्यक्त गर्नुभयो ।
सो अवसरमा निर्देशक कौकोइसले एडिबीले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगको निरन्तरता रहने प्रतिबद्धता गर्नुभएको सहसचिव दुवाडीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?