Menu

आजको मौसम

रौतहटलाई सकंटग्रस्त जिल्ला घोषणा गर्न माग

Author
News Desk | October 08, 2024
0

राधेश्याम साह–––––––––––––––
गौर, २२ असोज ।
नेकपा (एकीकृत समाजवादी)ले रौतहट जिल्लालाई वाढी सकंटग्रस्त घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
मगलबार नेकपा (एस) रौतहट जिल्ला कार्य समितिले रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
नेकपा (एस) जिल्ला अध्यक्ष कमल राय यादव नेतृत्व टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण जिल्लाको अधिकांश भागमा आएको भिष्ण बाढीबाट जिल्लाको पूर्वमा रहेको वागमती नदी छेउका लक्षमीपुर, धर्मपुर, माधोपुर, पिप्रा राजवाडा र राजदेवीको बांध कटान गरेको, त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल वकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बैरियामा बांध कटानका कारण अधिकांश, जिल्ला वासी पिडित भई किसानको हजारौ बिघा जग्गामा तयारी अवस्थाको धान वाली पूर्ण रुपमा नष्ट भएको उल्लेख छ ।
ज्ञापन पत्रमा दशैं तिहारको लागि भण्डारण गरिएको व्यापारिक प्रतिष्ठानहरुको सामग्रीहरु नष्ट भएकोले देशको विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौले विभिन्न स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेशकै कुनै पनि स्थानीय तहलाई वाढी संकट ग्रस्त जिल्ला घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार भएको पनि उल्लेख छ ।
सरकारले रौतहट जिल्ला वासीसंग अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै रौतहट जिल्लाको गौर नगरपालिका, दुर्गा भगवती, यमुनामाई, राजदेवी, बौधीमाई, ईशनाथ, माधवनारायण, गढीमाई, गरुडा लगायतका नगरपालिका र गाउपालिकाहरुमा डुवान लगायत किसानको धानबाली, माछा पोखरी, नगदेवाली व्यपार व्यवसायको समस्याले पर्न गएको असहनीय पिडालाई राज्यबाट सबोधन गर्न रौतहट जिल्लालाई अविलम्ब वाढी सकंटग्रस्त जिल्ला घोषणा गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
उल्लेखित माग पूरा नगरिए हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरण वद्ध आन्दोलन प्रारम्भ गर्ने पनि ज्ञापन–पत्र मार्फत चेतावनी दिइएको छ ।
ज्ञापन पत्र बुझाउन पुगेका टोलीमा मधेस प्रदेसका सांसद कनिस पटेल, गौरका नगर प्रमुख शम्भु साह, राजदेवीका नगर प्रमुख भिखारी यादव, बौधीमाई नगर प्रमुख प्रदिप कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?