Menu

आजको मौसम

गृहमन्त्रीको नक्कली “पिए” पक्राउ

Author
News Desk | December 06, 2024
0

काठमाडौँ, २० मंसिर (रासस)
गृहमन्त्री रमेश लेखकको “प्रमुख स्वकीय हुँ” भन्दै गठी गरेको आरोपमा नक्कली “पिए”लाई आज प्रहरीले पक्राउ गरेको छ ।
गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन समेत आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?