सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ मंसिर ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
भवानीपुर सामुदायिक सिकाई केन्द्रद्वारा वीरगंज महानगरपालिका वडा नं. १८ को कार्यालयको सम्नवयमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
“हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” नाराका साथ सिकाई केन्द्रका अध्यक्ष ओमप्रकाश साह कानुको सभापतित्वमा भवानीपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा नं. १८ का अध्यक्ष उमाशंकर तिवारी रहनु भएको थियो ।
कार्यक्रममा लैंगिक हिंसा विरुद्धको अभियान बारे प्रमुख अतिथि वडा अध्यक्ष तिवारी सहित स्वास्थ्य चौकी प्रमुख डा. रामजिनिस चौरसिया, भवानीपुर सामुदायिक सिकाई केन्द्रका पुर्व अध्यक्ष राजकुमार सिंह, परिचालक संगिता तिवारी, समाजसेवी लखनलाल साह, जसपा नेपालका क्षेत्रीय अध्यक्ष घनश्याम गुप्ता र सनराइज सामुदायिक सिकाई केन्द्रका परिचालक रेखा कुमारी दास लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लैंगिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम
News Desk
|
December 08, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?