Menu

आजको मौसम

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित मन्त्रीद्वारा शपथग्रहण

Author
News Desk | December 07, 2025
0
Featured

जनकपुरधाम, २१ मङ्सिरः मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। आज यहाँ आयोजित एक समारोेहबीच उहाँलाई मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो । उहाँलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टीका प्रदेश सांसद गरी ७७ जनाको समर्थन तथा सहमतिका आधारमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

सोही समारोहमा नवनियुक्त तीन जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । जनमत पार्टीबाट अर्थमन्त्रीमा महेशप्रसाद यादव, नेपाली कांग्रेसबाट विनाविभागीय मन्त्रीमा जगीलाल राय र नेपाली कम्युनिष्ट पार्टीबाट विनाविभागीय मन्त्रीमा कनिश पटेल नियुक्त हुनुभएको हो । उहाँहरूलाई प्रदेश प्रमुख डा कर्णले शपथग्रहण गराउनुभएको थियो । सो अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा पूर्वमुख्यमन्त्रीहरूको उपस्थिति थियो । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?