
कलैया, ११ जेठ । लेनदेन बिगो मुद्दाका फरार एकजना प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी टोलीले चलाएको खोजतलास अभियानका क्रममा प्रहरी चौकी मटिअर्वाले जिल्ला बारा, कलैया उप–महानगरपालिका वडा नम्बर १२ बस्ने जगदीश महतोलाई पक्राउ गरेको हो ।
महतोलाई आवश्यक कानुनी प्रक्रियाका लागि बारा जिल्ला अदालत समक्ष दाखिल गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टले जनाएको छ ।