Menu

आजको मौसम

करेन्ट लागेर एक महिलाको मृत्यु

Author
News Desk | May 30, 2026
0
Featured

सर्लाही, १६ जेठः चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ ।

रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । शव रहेको घटनास्थलको मुचुल्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?