Menu

आजको मौसम

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author
News Desk | May 27, 2026
0
Featured

वीरगंज, १३ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको रौतहट–चन्द्रनिगाहपुर सडकखण्डमा यात्रीबाहक बसले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिकाको जुडिबेलास्थित राजमार्गको पूर्वी लच्का नजिकै ना ५ ख ७२४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईका २६ बर्षीय शेख गुलाम रहेको प्रहरीले जनाएको छ ।

राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रीबाहक बसले पश्चिमबाट पूर्वतर्पm आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकल सवार गुलामलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

दुबै सवारी र बस चालक जिल्ला मकवानपुर गढी गाउँँपालिका ३ का अन्दाजी ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चपुरमा र मोटरसाइकल चालकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?