Menu

आजको मौसम

प्रेस स्वतन्त्रताको मुख्य योद्धा पत्रकार’

Author
News Desk | May 23, 2026
0
Featured

महोत्तरी, ९ जेठ : मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले स्वतन्त्रताका पक्षमा निरन्तर वकालत गर्ने पत्रकारहरूले आफ्ना अधिकारका पक्षमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । जलेश्वरमा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको १२औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले लोकतन्त्रप्रति हुने आक्रमणको पत्रकारले पहिलो पङ्क्तिमा उभिएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा होमिनुभएका यादवले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै मुखरित भएर पत्रकार बढ्नुपर्ने औँल्याउनुभयो । सङ्घीय सरकारले संविधान संशोधनका लागि कार्यदल गठन गरेको प्रसङ्गमा शासकीय स्वरूपदेखि प्रदेश सिमाङ्कनसम्मका विषयमा घनीभूत छलफल हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महतोले पत्रकार आचारसंहिताको पूर्ण परिपालना गर्न सबै सदस्यलाई आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका पूर्वअध्यक्ष तथा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले पत्रकारको हकहितका पक्षमा सधैँ उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस अवसरमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले महासङ्घको १२औँ साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?