
वीरगंज, १४ जेठ ।
वीरगंज महानगरपालिका–११ बाट देह व्यापारमा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।
बुधवार साँझ वीरगंज महानगरपालिका–११ स्थित कृषि औजार कारखाना पछाडि झाँझी टोलमा वकिल मियाँ अन्सारीको घरमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ । सो क्रममा दुई पुरूष र तीन महिलासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले घरधनी अन्सारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।