
रौतहट, ६ जेठ । लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।
प्रहरी टोलीले चन्द्रपुर नगरपालिका ४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा नियमित चेकजाँचका क्रममा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका ४ निवासी ३० वर्षीय अरूण जंग राई र चन्द्रपुर नगरपालिका ४ निवासी ३६ वर्षीय सन्देश कुशवारलाई पक्राउ गरेको जनाएको छ ।
बा१७प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेपछि चेकजाँच गर्दा ६.३८० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषधसहित मोटरसाइकल र उनीहरूले प्रयोग गर्दै आएका दुई थान मोबाइल फोन नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रूपा लाबुङले जनाएको छ ।