
वीरगंज, ०८ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साले “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत श्रीर्सियामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगंजको संयुक्त प्राविधिक सहयोगमा आयोजित शिविरको सशस्त्र प्रहरी बल नेपाल बिओपी श्रीर्सियाले सहजीकरण गरेको थियो ।
शिविरमा कुल २११ जनाको आँखा परीक्षण गरिएकोमा ३४ जनामा मोतियाबिन्दु फेला परेको आयोजकले जनाएको छ। मोतियाबिन्दु देखिएका बिरामीहरूको तिलगंगा आँखा अस्पताल काठमाडौंमार्पmत निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ। शिविरमा सेवाग्राहीलाई आवश्यकता अनुसार आइड्रप तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका गणपति मोहन बहादुर श्रेष्ठ, बिओपी श्रीर्सियाका प्रहरी निरीक्षक समराज खड्का, मेडिकल संयोजक महेश सिंह धामी, छपकैया क्षेत्रका वरिष्ठ प्रहरी नेत्र राणा लगायतको लगायतको सहभागिता थियो । सशस्त्र प्रहरीद्वारा सीमावासीको आँखा परीक्षण