
वीरगंज, १३ जेठ । चार किलो चार सय ग्राम लागूऔषध गाँजासहित बारा प्रहरीले बुधवार दिउँसो एकजना महिलालाई पक्राउ गरेको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारी की ४८ वर्षीया मित्रा देवी स्याङतानलाई अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
स्याङतानको कोठाबाट लुकाइछिपाइ राखिएको अवस्थामा चार किलो चार सय ग्राम लागूऔषध गाँजासहित स्याङतानलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुरेशराज भट्टले जनाएका छन् ।