Menu

आजको मौसम

बजेटमा पर्सा जिल्लाको विकासलाई प्राथमिकता दिन जनमत पर्साको माग

Author
News Desk | May 22, 2026
0
Featured

वीरगंज, ८ जेठ । जनमत पार्टी पर्साले १८ बुँदे मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रजिअमार्फत ज्ञापनपत्र बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जनमत पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सरार्पmले बुझाएको ज्ञापनपत्रमा पर्सा जिल्लाको समग्र विकासका लागि बजेट तथा नीति कार्यक्रममा विशेष प्राथमिकता दिनुपर्ने माग गरिएको छ।
नारायणी अस्पतालको स्तरोन्नति, कृषि क्षेत्रमा मल–बीउको सहज उपलब्धता, सिंचाइ व्यवस्थापन, सडक विस्तार, प्रदूषण नियन्त्रण, बेरोजगारी समस्या समाधान, उद्योग संरक्षण तथा पर्यटन प्रवद्र्धनलगायत विषयलाई समेटेको जनाएको छ। वीरगंजलाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने माग पनि गरिएको छ।
पर्साबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरूले जिल्लाका समस्याका विषयमा प्रभावकारी आवाज उठाउन नसकेको ज्ञापनपत्रमा उल्लेख गर्दै आर्थिक वर्ष २०८३–८४ को बजेट भाषणमार्पmत सम्बोधन हुनुपर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीमा जनमतका नेताहरू सिपु तिवारी, राजनरायण मिश्र, नागेन्द्र गुप्ता, डा. मनोज कुमार, ई.राजुराज गिरि, बिजय पासवान, निराजन कुशवाहा, मनोज साह, देवेन्द्र रवानी, अजित सिंह, आशु सिंह, अन्जना गुप्ता, रूक्साना खातुन, अमन गुप्ता, साहित हुसेन,मनु बिक्रम साह, मन्जय शर्मा लगायतको उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?