Menu

आजको मौसम

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

Author
News Desk | May 25, 2026
0
Featured

काठमाडौँ, ११ जेठः सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले आज पूर्वप्रधानमन्त्री देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “माथिल्लो प्रकरण नं (८) मा उल्लेख र विश्लेषण गरिएअनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्कृय हुने देखियो, तसर्थ काठमाडौँ जिल्ला अदालतबाट निवेदकलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गरिएको आधारमा निवेदकलाई पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।”

अनुसन्धानका लागि प्रचलित कानुनको अधिनमा रही पक्राउ गर्न सकिने भए पनि त्यस्तो पक्राउ ‘स्वेच्छाचारी’ हुन नहुने र कानुनी प्रक्रिया तथा स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा भनिएको छ ।रासस

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?