Menu

आजको मौसम

वीरगंज मेनरोड क्षेत्रका बासिन्दाद्वारा मैनबत्ती जुलुस प्रदर्शन

Author
News Desk | May 27, 2026
0
Featured

वीरगंज, १३ जेठ । वीरगंज मेनरोड क्षेत्रका बासिन्दाहरूले बुधवार साँझ शान्तिपूर्ण मैनबत्ती जुलुस निकालेका छन् ।
वीरगंजको आदर्शनगर चौकबाट शुरू भएको उक्त जुलुसमा मेनरोड प्रभावित परिवार तथा स्थानीय नागरिकहरूको सहभागीता रहेको थियो। प्रदर्शनकारीहरूले पुनर्वास तथा क्षतिपूर्तिको माग उठाएका छन् ।
स्थानीयवासीहरूका अनुसार सरकारी निकायले सञ्चालन गरेको हटाउने कार्यका क्रममा उनीहरूको घर तथा संरचनामा क्षति पुगेको छ र उचित व्यवस्थापनबिना गरिएको यस्तो कारबाहीले उनीहरूको जीवनमा गम्भीर समस्या उत्पन्न भएको जनाएका छन् । उनीहरूले तत्काल क्षतिपूर्ति, वैकल्पिक व्यवस्था तथा मानवतामूलक समाधानको माग गरेका छन् ।
मैनबत्ती जुलुसमा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर, डोजर आतंक बन्द गर, हामीलाइ न्याय चाहिन्छ, मेनरोडलाइ शहरी सडक घोषणा गर, र मानवताको सम्मान गर” नारा लगाउँदै घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?