Menu

आजको मौसम

पत्नी मृत फेला, पति पक्राउ

Author
News Desk | June 18, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३ असार ।
वीरगंज महानगरपालिका–१३ राधेमाई टोलमा महिला झुण्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले मृतकका पतिलाई नियन्त्रणमा लिएको छ । खुशबु खातुन मृत भेटिएपछि घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साले पति अरबाज आलमलाई नियन्त्रणमा लिएको जनाएको छ ।
माइती पक्षले ससुराली पक्षमाथि दाइजोको कारण हत्या गरिएको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?