Menu

आजको मौसम

नागरिकता मुद्दामा पनि समाजसेवी अग्रवालले सफाइ पाए

Author
News Desk | June 18, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३ असार ।
उद्योगी एवं समाजसेवी निरन्जन कुमार अग्रवालले अदालतबाट नागरिकता मुद्दामा पनि सफाइ पाएका छन् ।

विभिन्न प्रपञ्च रचेर केही बिचौलियाहरुले पटक–पटक फसाउने षडयन्त्र गर्दैआएको भए पनि न्यायलयबाट नागरिकता मुद्दामा पनि सफाइ पाएको अग्रवालले बताएका छन् ।

यसअघि, भारतीय एक कम्पनीको उजूरीलाई आधार बनाएर बिचौलियाहरुले जिल्ला प्रहरी कार्यालय, पर्साका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालसँग मिलेर विभिन्न प्रताडना दिएका थिए । तर उक्त मुद्दामा पनि अदालतबाट न्याय पाएको बताउँदै अग्रवालले राहुल अग्रवालको योजनामा बिचौलियाहरुले नागरिकता सम्बन्धमा विभिन्न नक्कली कागजात तयार पारी मेरो विरुद्ध पटक–पटक दिएको उजूरीमा पनि जिल्ला प्रशासन कार्यालयले पूर्णरुपले अनुसन्धान गरी मलाई सफाइ दिएको भए पनि बिचौलियाहरुले पुनः जिल्ला प्रहरी कार्यालय, पर्साका तत्कालीन प्रमुख प्रउ कुमोध ढुंगेलमार्फत प्रताडना दिएको अग्रवालले बताएका छन् ।

नेपालमा जन्म भएको आधारमा विधिपूर्वक नागरिकता लिएको भए पनि मेरो ड्राइभिङ लाइसेन्सलाई स्क्यान गरेर कम्प्युटरबाट केरकार गरी अन्यथा लेखेर राहुल अग्रवालले वितरण गरेको फोटोकपीको आधारमा बिचौलियाहरुले मलाई फसाउने ठूलै षडयन्त्र रचेका थिए । तर पर्सा जिल्ला अदालत र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले मलाई न्याय दिएको अग्रवालको भनाइ छ ।
वीरगंज महानगरपालिका वडा नं. १० निवासी निरन्जन अग्रवालले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै बिचौलियाहरुले विभिन्न व्यक्तिको नामले जिल्ला प्रशासन कार्यालयमा तीनपटक जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साले निरन्जन अग्रवालको बारेमा प्रहरी, परराष्ट्र मन्त्रालय, भारतीय महावाणिज्य दूतावास, यातायात कार्यालयमार्फत आवश्यक अनुसन्धान गरी–गराई नागरिकता सम्बन्धमा कुनै किसिमको अनुसन्धान गरिरहनु नपर्ने भन्दै मिसिल तामेलीमा राख्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासनमा निवेदन दिनेमध्ये नरेश ठाकुरले जिल्ला प्रहरी कार्यालय, पर्सामा पनि निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय, पर्साबाट निर्णय भइसकेपछि पनि तिनै ठाकुर र केही बिचौलियाहरुको प्रभावमा परेर प्रउ कुमोध ढुंगेलले अग्रवालसँग अवैध असूली गर्ने नियतले उनलाई पक्राउ गरी हिरासतमा राखेको अग्रवालले बताए ।

हिरासतमा राखेको बेला प्रउ ढुंगेलका विश्वासपात्र प्रवनानि रमेश बजगाईमार्फत आफूसँग आर्थिक माग गरेको अग्रवालले बताए । ढुंगेलको पालामा जिल्ला अदालत पर्सामा दायर मुद्दाको सुनुवाई गर्दै अदालतले जिल्ला प्रशासन कार्यालय, पर्साको निर्णयलाई सदर गरेको अग्रवालले बताएका छन् ।

सोही मुद्दा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले पनि जिल्ला प्रशासन र जिल्ला अदालतको निर्णयलाई सदर गरेको अदालतको आदेशबाट बुझिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?