Menu

आजको मौसम

पत्रकारहरुलाई आचारसंहिताबारे प्रशिक्षण

Author
News Desk | June 17, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २ असार ।
मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा बाराको कलैयामा पत्रकारिताको आचारसंहितासम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
मंगलवार आयोजित कार्यक्रमको उदघाटन जसपा नेपालका नेता तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।
मधेश मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ पत्रकारसँग १० वर्षसम्म भिड्न तयार रहेको बताएका छन् । उनले स्वस्थ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहितावारे प्रशिक्षण दिएका थिए ।
मुख्य प्रशिक्षकसमेत रहेका झाले नयाँ सञ्चार माध्यमको विस्तारसँगै परम्परागत पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै विषयवस्तु र भाषामा पकड कायम राख्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले कृत्रिम बुद्धिमत्ता तथा मोबाइल उपकरणमा अत्यधिक निर्भरता बढ्दा पत्रकारिताको मौलिकता खुम्चिँदै गएको भन्दै नयाँ पुस्ताका पत्रकारलाई सिर्जनशीलता र अध्ययनमा जोड दिन आग्रह गरे । पत्रकारिताको सैद्धान्तिक मान्यता र जनचासोका विषयमा आधारित निष्पक्ष तथा मर्यादित पत्रकारिताले समाज र देशलाई फाइदा पुग्ने उनको भनाइ थियो ।
छोटो अवधिमै धेरै कमाउने उद्देश्यले मात्र पत्रकारितामा प्रवेश गर्नु उपयुक्त नहुने उल्लेख गर्दै उनले आर्थिक लाभलाई मात्र लक्ष्य बनाएर पत्रकारितामा आउन नहुने धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदी, पूर्व अध्यक्ष रेशम तिवारी, पत्रकार भोजराज थापा, सत्य श्रेष्ठ, लक्ष्मी साह लगायतको सहभागीता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?