Menu

आजको मौसम

बाल सुधार गृहबाट फरार बालक पक्राउ

Author
News Desk | June 20, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ५ असार ।
वीरगंज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुर्ई जना बालकलाई प्रहरीले डेढ घण्टाभित्रै सीमानाकाबाट पक्राउ गर्न सफल भएको छ ।
डाँका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि सुधार गृहमा राखिएका उनीहरू दिउँसो करिब १३ः२० बजे बाल सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई सुरक्षाकर्मीलाई छलेर फरार भएका थिए । बालकहरू फरार भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी तत्कालै खोजतलास शुरू गरिएको थियो ।
खोजतलासकै क्रममा प्रहरी टोलीले दिउँसो करिब १५ः३० बजेको समयमा नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
भारततर्फ फरार हुन लागेको अवस्थामा उनीहरूलाई सीमा नाकामै समातिएको प्रहरीले जनाएको छ । दुवै बालकलाई पुनः नियन्त्रणमा लिई घटनावारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?