Menu

आजको मौसम

चार किलो गाँजासहित एक पक्राउ

Author
News Desk | June 17, 2026
0
Featured

वीरगंज, २ असार ।
बारा जिल्लाको जितपुरसिमरा उप महानगरपालिकाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले मंगलवार बिहान १०ः५० बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित चकरीबाट अमलेखगंज जाँदै गरेको ना २ ह ११६० नम्बरको अटोलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
पुल नजिकै रोकेर जाँच गर्ने क्रममा अटोमा सवार मानिसले बोकेको टाटेपाटे खैरो रड्ढो झोलाभित्र कालो प्लास्टिकले बेरिएको २ वटा पोकामा लुकाइछिपाई राखिएको ४ किलो ६०० ग्राम लागूऔषध गाँजा बरामद भएको बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने ३० वर्षीय नाइस बाबु तामाङ रहेका छन। प्रहरीले बरामद गाँजा र अटो सहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?