
सहारा संवाददाता–––––––––––––––––––––––––
कलैया, ०५ साउन ।
वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत कोइरिया टोलदेखि फार्म रोडसम्म निर्माणाधीन सडक तथा नाला निर्माण कार्यको सोमबार स्थलगत अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, प्राविधिक मापदण्डको पालना तथा कामको प्रगतिको अवस्थाबारे निरीक्षण गरिएको थियो । निर्माण कार्य निर्धारित मापदण्डअनुसार गुणस्तरीय रूपमा र तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनी तथा प्राविधिकलाई आवश्यक निर्देशनसमेत दिइएको छ ।
स्थानीयवासीको आवागमनलाई सहज बनाउनुका साथै वर्षायाममा हुने जलजमावको समस्या समाधान गर्ने उद्देश्यले सडक र नाला निर्माण कार्य अघि बढाइएको हो ।
अनुगमनमा जनप्रतिनिधि, प्राविधिक तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले निर्माण कार्यमा कुनै पनि प्रकारको लापरबाही नगर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्माण पक्षलाई निर्देशन दिएका छन् ।