Menu

आजको मौसम

२० किलो भन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ

Author
News Desk | July 22, 2026
0
Featured

सहारा संवाददाता–––––––––––––––––––––––––
वीरगंज, ०५ साउन ।
पर्सामा प्रहरीले २० किलोभन्दा बढी गा“जासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डमा मंगलबार विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको भारतीय कारलाई रोकी जा“च गर्दा २० किलो ६८७ ग्राम गा“जाजस्तो देखिने पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार कानुनी प्रक्रियाअनुसार गरिएको खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाइराखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको थियो ।
घटनामा भारतको बिहार राज्य, सीतामढी जिल्ला अन्तर्गत ग्राम पञ्चायत ताल, डुम्रा–३३ निवासी ३३ वर्षीय रहमद अन्सारी पक्राउ परेका छन् ।
बरामद गाँजा, प्रयोग गरिएको कार तथा पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?