Menu

आजको मौसम

बजेट प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देश

Author
News Desk | July 21, 2026
0
Featured

काठमाडौँ, ४ साउनः
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ / ८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आज प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता थियो ।

यही साउन १ गतेदेखि नयाँ आर्थिक सुरू भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो ।(रासस)

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?