Menu

आजको मौसम

तिन जना सवार मो.सा. दुर्घटना, चालकको मृत्यु

Author
News Desk | November 08, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ कार्तिक ।
तिन जना सवार मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको छ ।
बारा जिल्ला जीतपुर सिमरा उ.म.न.पा. वडा नं. १० नितनपुर स्थित शिव शक्ति पेट्रोलपम्प अगाडि तिन जना सवार मोटरसाइकल दुर्घटना हुंदा चालकको मृत्यु भएको हो ।
बिहिवार दिउसो १ बजे जीतपुरबाट वीरगंज तर्फ आउदै गरेको म.प्र.०३–०२८ प ३९०९ नं.को मो.सा.आफै अनियन्त्रित भई बाटो छेउको रेलिङमा ठोकिन गई दुर्घटना हुंदा मो.सा.मा सवार चालक सहित ३ जना घाईते भएका थिए ।
घाइते तिनै जनालाई एलएस न्युरो परवानिपुर गापा नौतनमा उपचार गराउने क्रममा मो.सा. चालक वीरगंज महानगरपालिका वडा नं. १९ विन्दवासिनी टोल बस्ने जोखु मियाको छोरा अं.वर्ष २० को राज मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका मो.सा. मा पछाडि सवार पर्सा जिल्ला बहुदरामाई न.पा.६ भौराटार निवासी मोलिरहमान मियाँको छोरा अं. वर्ष १७ को महबुब मियाँको टाउको र शरिरको विभिन्न भागमा चोट लागेर गम्भिर अवस्था रहेको छ भने अर्का मो.सा.पछाडि सवार वी.म.न.पा. वडा नं. १९ केहुनिया टोल बस्ने सरोज प्रसाद यादवको छोरा अं. वर्ष १६ को बिक्की यादवको टाउको र शरिरको विभिन्न भागमा चोट लागे पनि अवस्था मध्यम रहेको जिप्रका बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?