सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ कार्तिक ।
पर्सा प्रहरीले लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्डबाट लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले बुधवार बेलुकी करिव ६ बजेको समयमा वीमनपा वडा नं. १५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडकखण्डमा ना.१५ प ११५६ नम्बरको मो.सा.मा सवार बारा जिल्ला सिम्रौनगढ न.पा.वडा नं.४ हरिहरपुरका मकसुद अन्सारी, रामलाल सहनी र देश भारत विहार जि.मोतीहारी थाना आदापुर सामपुर वडा नं.९ का मुकेश कुमारले कालो ब्याग र सेतो प्लाष्टिकको बोरा लिइ संकाष्पदरूपमा बसेको अवस्थामा निजहरूले बोकेको ब्याग र बोरा जाँच गर्दा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ४५ प्याकेटमा प्रति प्याकेट ५०० ग्रामका दरले २२ किलो ५०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
साढे २२ किलो चरेश सहित ३ पक्राउ
News Desk
|
November 14, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?