Menu

आजको मौसम

लागु औषध सहित देवान पक्राउ

Author
News Desk | November 12, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ कार्तिक ।
प्रतिबन्धित लागु औषध सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिषेश सुचनाको आधारमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ टोलीले प्रतिबन्धित विभिन्न लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले आइतवार राती अं. साढे ९ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १४ गण्डकचोक स्थित वीरगंजबाट काठमाण्डौतर्फ जांदै गरेका बागमति प्रदेश ०३–००१ ख २६६६ नम्बरको सार्वजनिक बसलाई रोकेर चेकजाँच गर्दा वीमनपा वडा नं. २५ निवासी २३ वर्षीय राज महम्द देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लांकेटभित्र कालो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको प्रतिबन्धित लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले देवानको ब्लांकेटभित्र कालो प्लाष्टिकबाट नुरफिन–११९५ एम्पुल, डाइजेपाम–१२०० एम्पुल, फेनारगन –११८५ एम्पुल बरामद गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?