Menu

आजको मौसम

अधिकारी माथि अनुसन्धान गर्न सात दिनको म्याद थप

Author
News Desk | November 13, 2024
0

काठमाडौँ, २७ कात्तिक (रासस)
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ ।
अधिकारीमाथि अवैध रुपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग सङ्लग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।
यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याइएको थियो । उहाँसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।
यही कात्तिक १३ गते जाफान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यत्तिहरु फिर्ता भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?