Menu

आजको मौसम

पेस्तोल र नक्कली नोट सहित दुई पक्राउ

Author
News Desk | November 06, 2024
0

सहारा संवाददाता–––––––––––––––
मलंगवा, २० कार्तिक ।
सर्लाही प्रहरीले हात हतियार, गोली र नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका इकाईबाट खटिएका प्रहरी टोलीले गोडैता न.पा. वडा नं. १२ मधुवनीगाउ स्थित सडक खण्डबाट हतियार, गोली र नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सिमावर्ती भारतीय गाउ मेजरगंजबाट नेपालको मधुवनीगाउ तर्फ आउने सडक खण्डमा सवारी साधन तथा पैदल याक्रीहरु समेतलाई रोकेर चेकजाँच गर्ने त्रममा भारत तर्फबाट आउदै गरेको भारत बिहार, सितामढी जिल्ला, मेजरगंज थाना, बसविटा ग्रामपंचायत. रसुलपुर बस्ने अं. वर्ष २६ को कुन्नु पटेल र अं.बर्ष ३० को मुकेश पटेललाई नलकटुवा बन्दुक, होली र नक्कली नोट सहित पक्राउ गरेको जिप्रका सर्लाहीले जनाएको छ ।
पक्राउ परेका पटेलद्वयको साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल १ थान, प डःः लेखिएको ६ राउण्ड गोली, प ढःः लेखिएको ४ राउण्ड गोली र रु.१ हजार दरको नक्कली जस्तो देखिने नेपाली नोटको तल माथि राखी बिचमा सोहि नोट साईजको सेतो कागजहरु राखी बण्डल बनाएको १० थान बण्डल बरामद भएको जिप्रका सर्लाहीका प्रवक्ता प्रनाउ दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
हतियार, गोलीहरु र खोटा मुद्रा समेत बरामद भए पछि निजहरुलाई पक्राउ गरी सम्मानित सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान भईरहेको प्रनाउ श्रेष्ठले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?