Menu

आजको मौसम

स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कारका लागी छनौट समिति गठन

Author
News Desk | November 21, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ मंसिर ।
स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार प्रदान गर्न छनौट समिति गठन भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको बुधवार बसेको दोस्रो बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार प्रदान गर्न छनौट समिति गठन गरेको हो ।
संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने र स्व. सर्राफको निधन भएकै दिन मंसिर १५ गते सोही सभामा संगठनले यस अघि नै स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कार समेत वितरण गर्ने निर्णय गरेको संगठनका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिनु भयो ।
यस बर्षदेखि वितरण गरिने पुरस्कारको राशी रु २१ हजार रहेको जनाइएको छ ।
बैठकले पत्रकारिता पुरस्कार वितरणको लागि व्यक्ति छनौट गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार संजय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतको बिशेष उपस्थिती रहेको थियो भने बैठकको सहजिकरण संगठन पर्साका सचिव विनोद पटेलले गरेका थिए ।
पत्रकार सर्राफको २०७९ मंसिर १५ गते हृदय घातका कारण अल्पायु मै निधन भएको थियो । उनी सगरमाथा टेलिभिजनका पर्सा संवाददाता एवं राष्ट्रि सहारा दैनिकका सह सम्पादकको रुपमा कार्यरत थिए भने नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य पनि थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?