Menu

आजको मौसम

मापदण्ड भन्दा बढी भाडा लिने दुई पक्राउ

Author
News Desk | November 13, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ कार्तिक ।
तोकिएको मापदण्ड भन्दा बढी भाडा लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार वीरगंज महानगरपालिका वडा नं.१६ बसपार्कबाट मापदण्ड भन्दा बढी भाडा लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक बस, हाईस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसंग मापदण्ड विपरीत बढी भाडा लिने गरेको भन्ने सर्वसाधारणले दिएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लामोदुरी सार्वजनिक सवारी साधन छुटने काउन्टरबाट दुई जनालाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
प्रहरीले मापदण्ड भन्दा बढी भाडा लिने कार्यमा सलंग्न वीमनपा वडा नं. ९ निवासी अशोक गुप्ता र वडा नं. १६ निवासी विजय साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?