Menu

आजको मौसम

६३ लाख भन्दा बढिको बिल विजक र श्रोत नखुलेको समान नियन्त्रण

Author
News Desk | November 26, 2024
0

सहारा संवाददाता–––––––––––––––
कलैया, १० मंसिर ।
बारा प्रहरीले नियन्त्रणमा लिएको ६३ लाख भन्दा बढिको समान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले गाडीहरूलाई रोकेर चेकजांच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ६३ लाख ६८ हजार ५ सय ५५ बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले आइतवार राती साढे ११ बजेको समयमा बारा जिल्ला जीतपुरसिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर चोकमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको म.प्र.०३–००२ ख ०३१४ नं. को मिनि ट्रकमा लोड रहेको बिल बिजक भन्दा बढीको अं.मुल्य रू.४२ लाख ९३ हजार ८ सय ७० बराबरको सेम्फु, जिलेट सरफ लगायत अन्य खुदा समानहरु नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसै गरी ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज चोकमा धनुषाबाट काठमाडौं तर्फ जादै गरेको बागमति प्रदेश –०१–००६ ख३७४१ नं.को ट्रकमा लोड गरेको कुनै किसिमको बिल नरहेको अं.मुल्य रू.१४ लाख ७९ हजार ७ सय ५० बराबरको केराउ ५० बोरा अं.१५०० किलो, रहरको दाल ५० बोरा १५०० किलो, भुटेको चना १० टन ५० किलो नियन्त्रणमा लिएको जिप्रका बाराले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले पथलैया चोक स्थितमा काकडभिट्टाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ६९०५नं.को यात्रु बाहक बसमा लोड गरेको कुनै किसिमको बिल नरहेको अं.मुल्य रू. १ लाख ४४ हजार ९ सय ३० बराबरको खुकुरी–५९ पिस, काजु–३५ पन र कांचको थाल–२ पोका नियन्त्रणमा लिएको जनाएको छ ।
यसरी नै पथलैयामा सर्लाहीबाट काठमाण्डौं तर्फ जादै गरेको प्र.०२–०३–००१ च ३३६५ नं.को पिक अप गाडिमा लोड गरेको कुनै किसिमको बिल नरहेको अं.मुल्य रू. ४ लाख ५० हजार बराबरको ५६ कार्टुन टायरमा हाल्ने लिकियुड र १३४४ पिस रबर नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?