सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
नेकपा ( एकीकृत समाजबादी )पर्साको २०८१ पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ ।
नेकपा (एस) पर्साको सचिवालय बैठकले पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रिय सदस्य रामचन्द्र साहको विशेष उपस्थित एवं जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेको बैठकले २०८१ पौष मसान्त भित्र जिल्ला अधिबेशन गर्ने निर्णय गरेको कार्यालय सचीव शंकर कर्णले जानकारी दिनु भयो ।
बैठकले जिल्ला अधिबेशन अगावै स्थानीय पालिकाहरुको कमिटी गठन पुनरगठन गर्ने र अधिबेशनलाई भब्य एवं सभ्य ढंगले सम्पन्न गर्न पुर्न तैयारीको लागि मंसिर १० गते पुनः सचीवालय बैठक बस्ने समेत निर्णय गरेको कर्णले बताउनु भयो ।
नेकपा (एस) पर्साको अधिवेशन पुस मसान्त भित्र
News Desk
|
November 17, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?