सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ मंसिर ।
स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई प्रदान गर्ने समाजवादी प्रेस संगठनले निर्णय गरेको छ ।
समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बुधवार बसेको तेस्रो बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक पटेललाई प्रदान गर्ने निर्णय गरेको हो ।
यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पक्रकारिता क्षेत्रमा त्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिनु भयो ।
रु. २१ हजार राशीको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने स्व. सर्राफको दोस्रो स्मृति सभामा वितरण गर्ने जनाइएको छ ।
त्यसैगरी बैठकले संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको प्रकृति हेर्दा र विभिन्न दृष्टिकोणले नियाल्दा उनलाई सुनयोजित तरिकाले फसाइएको बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।
स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पटेललाई प्रदान गरिने
News Desk
|
November 28, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?