सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ कार्तिक ।
पर्सा प्रहरीले नियन्त्रणमा लिएको खुद्रा तथा औषधीहरु लोड रहेको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।
विशेष सूचनाको आधारमा आइतवार राती साढे ९ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकबाट नियन्त्रणमा लिएको खुद्रा तथा औषधीहरु लोड रहेको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा साथमा रहेको विल विजक भन्दा बढीका खुद्रा तथा औषधी लोड गरी कैलालीतर्फ लैजांदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको रु. ८५ लाख ७० हजार २ सय ४० मुल्य भन्दा बढिको खुद्रा तथा औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
त्यसै गरी जिप्रका पर्सा र प्रहरी चौकी आदर्शनगरबाट खटिएको टोलीले वीमनपा वडा नं. १० स्थित ठाकुरराम क्याम्पस पछाडिको एक घरबाट रु. २ लाख २० हजार बराबरको भन्सार छली चोरी तस्करी गरी ल्याइएको लेडिज स्वीटर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जनाएको छ ।
यद्यपी जिप्रका पर्साका प्रवक्ता प्रनाउ भारतीले भने सोमवार बिहान साढे १० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं.१० आदर्शनगर स्थितबाट प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेका लेडिज स्वीटर १५० थान नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जनाएका छन ।
खुद्रा तथा औषधीहरु लोड ट्रक नियन्त्रण
News Desk
|
November 12, 2024
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?