Menu

आजको मौसम

नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरु १० दिने भारत भ्रमण गर्दै

Author
News Desk | November 20, 2024
0
Featured

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ मंसिर ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरु विशेष प्रशिक्षणका लागी १० दिने भारत भ्रमण गर्ने भएका छन ।
भारतको राजधानी नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षणमा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीको समूहले मंसीर ५ देखि १५ गतेसम्म भारतको भ्रमण गर्दै छन ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका प्रतिनिधिहरु रहेका छन् ।


प्रशिक्षण कार्यक्रम अन्तरगत वैश्विक राजनीतिक तथा आर्थिक सान्दर्भिकता, व्यापार तथा कनेक्टिभिटी, जलवायु परिवर्तन तथा मानवीय सहायता, विकास साझेदारी, साझा संस्कृति र सम्पदा विषयमा मोड्युलहरु राखिनुका साथै नयाँ दिल्ली बाहिरका पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण शहर र ठाउँको भ्रमण गर्ने भएका छन ।
काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले मंगलवार २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग उहाहरु भारत जानुअघि अन्तरक्रिया गर्नुभएको छ ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको भारत भ्रमणले हाम्रो संस्थागत आदानप्रदानलाई निरन्तरता दिनुका साथै यसले नेपाल र भारतबीचको घनिष्ठ र विशिष्ट द्विपक्षीय सम्बन्धलाई झल्काउने भारतीय दुतावासले विश्वास व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?