Menu

आजको मौसम

करमा एकद्वार प्रणाली लागु गर्न व्यवसायीको माग

Author
News Desk | November 17, 2024
0

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ मंसिर ।
बारा जिल्लाको जीतपुर–सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न माग गर्नु भएको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय सिमराले आयोजना गरेको कर सप्ताहको उद्घाटन कार्यक्रममा अध्यक्ष लामिछानेले यस्तो माग गर्नु भएको हो ।
उहाले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो पोख्दै तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको बताउनु भयो ।
संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको अध्यक्ष लामिछानेले बताउनु भयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले सरकारले विगतको भन्दा २३ प्रतिशत बढी कर संकलनको लक्ष्य सिमरालाई दिएकाले यहाका व्यवसायीलाई करको दायरामा आएर सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कर सप्ताहका सबै कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चेम्बर्स अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष शम्भु कुमार खड्गी लगायत उद्योगी व्यवसायीहरुको सहभागीता रहेको थियो । उद्घाटन अघि सिमरामा प्रभातफेरी निकालिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?